हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्।
उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का महेश कुमार बर्तौला ले १९ हजार ६२४ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेस का बुद्ध लामा ले १५ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी का लवशेर विष्ट ले १२ हजार ७५४ मत ल्याएका छन्।
यद्यपि, निर्वाचन आयोगबाट उप्रेतीको जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ




