राजनीति

नवलपुर-१ मा रास्वपाका गौतम निर्वाचित

नवलपुर (नवलपरासी)।नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँ ५० हजार ९४५ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले नौ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ मत प्राप्त गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *