देश

कैलाली-३ मा रास्वपाका जोशी निर्वाचित

घोडाघोडी (कैलाली)। प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगतप्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले छ हजार ७४७, नेकपा एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गर्नुभएको छ । कुल प्राप्त मतमध्ये तीन हजार ३१६ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *