देश

रौतहट-४ मा रास्वपाका पौडेल विजयी

चन्द्रपुर(रौतहट)। रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *