देश

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख। दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार ५५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिनुभयो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले छ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले तीन हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले एक हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *