देश

मोरङ—५ मा रास्वपाकी झा निर्वाचित

मोरङ।मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशाकुमारी झा निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ५ का अधिकृत मदनप्रसाद पराजुलीका अनुसार पछिल्लो अन्तिम मतगणनाको परिणामअनुसार उहाँ ३० हजार ४३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

यहाँ नेपाली कांग्रेसका फुलकुमार लालवानीले नौ हजार ४१५, जनता समाजवादी पार्टी (जसपा), नेपालका राजकुमार यादवले आठ हजार ७४७, नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डलले आठ हजार ६१४, नेकपा (एमाले) का मनोजकुमार अग्रवालले छ हजार ९४५, राष्ट्रिय ऊर्जाशिल पार्टी नेपालका योगेन्द्र मण्डलले चार हजार १९९ र राप्रपाका कुमोद रायले ५४९ मत प्राप्त गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्रमा एक लाख १० हजार १७७ मतदाता भएकामा ७८ हजार ५२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जना प्रत्यासी हुनुहुन्थ्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *