देश

काभ्रे—२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल।काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिृकत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको जानकारी दिनुभयो । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का अशोककुमार ब्याञ्जुले १३ हजार ९४० र नेपाली कम्युनिष्ट पार्टीका बसुन्धरा हुमागाईले आठ हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उज्यालो नेपाल पार्टीका ज्योत्सना संैजुले तीन हजार ७४९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले एक हजार १२५, नेपाल मजदुर किसान पार्टीका मुना तामाङले ४२८, श्रम संस्कृति पार्टीका टङ्कबहादुर लामाले ४०० प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र आठ जना गरी २४ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *