देश

नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित

नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ४१ हजार ३४७ मतसहित निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *