राजनीति

पर्सा–३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज (पर्सा)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामाकान्त चौरसियाले अग्रता फराकिलो बनाउनुभएको छ । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कूल ४० हजार ७२० मत गणना हुँदा रास्वपाका चौरसियाले १७ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले नौ हजार ५२४ प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का रूपेशकुमार पाण्डेले सात हजार ८४० मत ल्याउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर ३ बाट २३ जना उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार हुनुहुन्छ । कुल ९६ हजार पाँच सय ४२ मतदाना रहेकामा यहाँ प्रत्यक्षतर्फ ६७ हजार पाँच सय चार मत खसेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *