अत्तरिया (कैलाली)। कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गर्नुभएको छ ।
कैलाली–५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार ५३९ रहेकामा ६५ हजार ७५२ मत खसेको थियो ।




