राजनीति

भक्तपुर-२ मा रास्वपाका खत्री विजयी

भक्तपुर। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । उहाँले ४२ हजार ३३४ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *