देश

बारा–३ र ४ मा रास्वपा विजयी

बारा। बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

बारा–३ मा रास्वपाका अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार बारा–३ मा साहले ४० हजार ६७७ मत प्राप्त गरेका छन् भने बारा–४ मा अन्सारीले ४१ हजार २०० मत ल्याएका छन्।

बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन् भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *