भक्तपुर। भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।
साँझ ५ः०० बजेसम्मको मतगणनाअनुसार भक्तपुर क्षेन नं १ को मतगणना रास्वपाका रुकेश रन्जितले १२ हजार १७१ मतसहित अग्रता कायमै राख्नुभएको छ भने नेमकिपाका प्रेम सुवालले आठ हजार ५३७ मतले पछ्याउनुभएको छ । नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार १८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले एक हजार १६४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, भक्तपुर क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले ११ हजार ४९ मतले अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले तीन हजार ११६ मत प्राप्त गरी पछ्याउनुभएको छ । नेपाली कांग्रेसका कविर राणाले एक हजार ५०३ मत प्राप्त गर्नुभएका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रवक्ता भीम बिसीले जानकारी दिनुभयो ।
भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो । मतगणना जारी रहेको छ ।




