देश

मतगणनाको पछिल्लो अवस्था : ९४ स्थानमा रास्वपा अग्रस्थानमा

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ९४ स्थानमा अग्रस्थानमा रहेका छन्।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३० निर्वाचन क्षेत्रमध्ये हालसम्म रास्वपाका उम्मेदवार ९४ स्थानमा अगाडि छन्। त्यस्तै नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार १०/१० स्थानमा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ८ स्थानमा अग्रस्थानमा रहेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार २ स्थानमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार १/१ स्थानमा अगाडि छन्।

हालसम्म रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित भइसकेकी छन् भने नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।

मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *