समाचार

रोल्पा र ताप्लेजुङमा मतगणनाको सुरुवाती नतिजा : नेकपा अगाडि

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा रोल्पा र ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले सुरुवाती अग्रता लिएको छ।

रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी० का उम्मेदवार चुडामणि वलीबीच कडा प्रतिस्पर्धा देखिएको छ। दिउँसो २ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार पुनले ६५८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनलाई वलीले ४८६ मतसहित पछ्याइरहेका छन्।

यसैगरी, नेकपा (एमाले) का उम्मेदवार गोकुल घर्ती ७६ मतसहित तेस्रो स्थानमा छन्। उता ताप्लेजुङमा पनि नेकपाले सुरुवाती चरणमै अग्रता लिएको छ। प्राप्त विवरणअनुसार नेकपाले ३४६ मत ल्याएको छ भने नेपाली कांग्रेस १६१ मतसहित दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले) ले १४९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २८ मतसहित चौथो स्थानमा रहेको छ। मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि अझै केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *