देश

महोत्तरीका चारै क्षेत्रमा रास्वपाको अग्रता कायम

महोत्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ बजेसम्म क्षेत्र नम्बर १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उक्त क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले ३ हजार ९२३ मत र नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीले २ हजार ८५६ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा रास्वपाका दीपककुमार साहले २ हजार ९१९ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा)का शरतसिंह भण्डारीले ८५८ मत पाएका छन्।

क्षेत्र नम्बर ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार रामआधार कापरले ११४ मत पाएका छन्।

त्यसैगरी क्षेत्र नम्बर ४ मा रास्वपाकी गौरीकुमारीले ६५१ मत प्राप्त गरेकी छन् भने जसपाका डा. सुरेन्द्रकुमार यादवले २६९ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार सबै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *