देश

मोरङ–३ मा रास्वपाका गणेश कार्कीको अग्रता कायम

सुन्दरहरैँचा। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले अग्रता कायम राखेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको मतगणनामा कार्कीले १ हजार ९२५ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले १ हजार ८१० मतसहित उनलाई नजिकबाट पछ्याइरहेका छन्। त्यसैगरी श्रम संस्कृति पार्टीका अमीर मगरले १ हजार ७७६ मत र नेकपा (एमाले)का इरन राईले ४९० मत प्राप्त गरेका छन्।

मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *