देश

रास्वपा जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन

सुन्दरहरैँचा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ।

मोरङ क्षेत्र नम्बर २ को मतगणनास्थलमा रहँदा अचानक अस्वस्थ भएपछि उहाँलाई उपचारका लागि तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले रेग्मीलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक जानकारीअनुसार उहाँको हृदयघातका कारण निधन भएको जनाइएको छ। उहाँको निधनप्रति पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *