देश

काठमाडौँ–१० मा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

कीर्तिपुर (काठमाडौँ)। निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्टले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।

हालसम्म गणना गरिएको २६ हजार ७४३ सदर मतमध्ये विष्टले १६ हजार ४३० मत प्राप्त गरेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमाल कार्कीले ४ हजार २१३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का विनोद श्रेष्ठले २ हजार ६७ मत पाएका छन्।

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा मतगणना भइरहेको छ। अहिले कीर्तिपुर नगरपालिका–७ को मतगणना कार्य जारी रहेको छ। यस क्षेत्रमा हालसम्म १ हजार १२७ मत बदर भएको छ भने कुल ६० हजार १५१ मत खसेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *