देश

इलाम–२ मा एमालेका सुहाङ नेम्बाङको सुरुआती अग्रता

इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले सुरुआती अग्रता लिएका छन्।

दिउँसो ३ः३० बजेसम्मको मतपरिणामअनुसार नेम्बाङले ४९१ मत प्राप्त गरेका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मतसहित उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोकुलबहादुर राईले १७१ मत र नेपाल कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार यस क्षेत्रमा एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेदवार प्रतिस्पर्धामा छन्। एक लाख १९ हजार ४८९ मतदाता रहेको उक्त क्षेत्रमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक अन्य मतदाताले मतदान गरेका थिए। मतगणना इलाम सदरमुकामस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *