देश

सिरहा–१ मा रास्वपाका बब्लु गुप्ताको सुरुआती अग्रता

सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ताले सुरुआती अग्रता लिएका छन्।

निर्वाचन कार्यालयले दिउँसो २ बजे सार्वजनिक गरेको विवरणअनुसार १ हजार २१५ मत गणना हुँदा गुप्ताले ७७९ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईका अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीले २०२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादवले १२७ मत पाएका छन्।

उक्त निर्वाचन क्षेत्रमा कुल १ लाख ११ हजार ९४९ मतदाता रहेकामा ७० हजार ७६५ मत खसेको थियो। सो क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित कुल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *