देश

ललितपुर–१ मा उदय शम्शेर राणाको अग्रता कायम

पाटन (ललितपुर)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले अग्रता कायम राखेका छन्।

बागमती र महाँकाल गाउँपालिकाको मतगणनाअनुसार दिउँसो २ः३० बजेसम्म राणाले ५ हजार ४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जनले ३ हजार २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले २ हजार ९२० मतसहित तेस्रो स्थानमा रहेका छन्।

हाल कोञ्ज्योसोम गाउँपालिकाको मतगणना भइरहेको निर्वाचन अधिकृत तथा सर्वोच्च अदालतका उपरजिष्ट्रार इशा सुवेदीले जानकारी दिएका छन्।

ललितपुर–१ मा कुल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो। यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *