देश

कैलालीका दुई क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

सुदूरपश्चिम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीका विभिन्न निर्वाचन क्षेत्रमा फरक–फरक दलका उम्मेदवारले अग्रता लिएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले ७१७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवालीले ६६२ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले ६४६ मत प्राप्त गरेका छन्।

कैलाली क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार नन्दबहादुर साउदले ४४१ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ४०७ मतसहित उनलाई पछ्याइरहेका छन् भने रास्वपाका केपी खनालले ३१६ मत पाएका छन्।

कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्द ३ हजार ९४४ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका नरनारायण शाहले १ हजार ४७५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार यज्ञराज ढुङ्गानाले ८४६ मत पाएका छन्।

त्यसैगरी कैलाली क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वीरमान चौधरी ६०४ मतसहित अग्रस्थानमा छन्। उनलाई रास्वपाका उम्मेदवार जगतप्रसाद जोशीले २७५ मतसहित पछ्याइरहेका छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन्।

कैलालीका विभिन्न क्षेत्रमा मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *