देश

रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खानको अग्रता कायम

लुम्बिनी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खानले अग्रता कायम राखेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म १० हजार ४१४ मत गणना हुँदा खानले ५ हजार ८८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार खिमलाल भट्टराईले १ हजार ७३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले १ हजार ४२८ मत पाएका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मोहम्मद वकिल मुसलमानले १ हजार १५० मत प्राप्त गरेका छन्।

रुपन्देही–५ मा कुल १ लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ जनाले मतदान गरेका थिए। मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *