कटारी (उदयपुर)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले प्रारम्भिक अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको मतगणनामा राईले २९६ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेश राईले १९३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अम्बर रायमाझीले १३९ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ६९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार मेजर राईले २० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्य लामाले १७ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




