रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता कायम राखेका छन्।
आज दिउँसो २ः३० बजेसम्म १२ हजार ४२९ मत गणना हुँदा आचार्यले ५ हजार ३११ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार वसन्त भट्टले २ हजार ९८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर तामाङले २ हजार २५६ मत पाएका छन्।
रसुवामा कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ जनाले मतदान गरेका थिए। मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




