राजनीति

धनकुटामा एमाले उम्मेदवार राईको प्रारम्भिक अग्रता

धनकुटा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राईले प्रारम्भिक अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामका अनुसार अपराह्न २ बजेसम्म १ हजार ४०१ मत गणना हुँदा राईले ५१४ मत प्राप्त गरेका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मतसहित उनलाई कडा प्रतिस्पर्धा दिइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले २३ मत पाएका छन्। चकिया (जाँतो) चिन्हका उम्मेदवार निसान राईले १५ मत प्राप्त गरेका छन्।

धनकुटा निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित १४ राजनीतिक दलका गरी कुल १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *