काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अचुत्तम लामिछानेले अग्रता कायम राखेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको मतगणनामा लामिछानेले ३ हजार ९६५ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वर नरसिंह के.सी.ले २ हजार ६६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेले १ हजार ८९३ मत प्राप्त गरेका छन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हिरानाथ खतिवडाले १ हजार ५७३ मत पाएका छन्।




