वीरगञ्ज (पर्सा)। पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिनुभएको छ ।
निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ३३० मत प्राप्त गर्नुभएको छ ।
यहाँ विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।




