देश

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

महेन्द्रनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी एक हजार ८३० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले एक हजार ५१९ मत प्राप्त गर्नुभएको छ । यहाँ कुल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायमै छ । उहाँले चार हजार २६८ मत पाउनुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले एक हजार ५२५ मत ल्याउनुभएको छ । कञ्चनपुर–२ मा ६४ हजार ८८१ मत खसेको थियो ।

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रसिंह महता एक हजार २०४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ४४८ मत ल्याउनुभएको छ । सो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *