देश

धादिङ-१ मा रास्वपाको अग्रता

मलेखु (धादिङ)। धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ नेकपा (एमाले) का भूमि त्रिपाठीले दुई हजार ९४, नेपाली कांग्रेसका कृष्ण रिजालले एक हजार १८६ र तारा नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ को मतगणना सुरु भएको छैन। सर्वदलीय बैठकमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि उपस्थित नभएपछि गणना अगाडि बढ्न नसकेको सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइँटेलले जानकारी दिनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *