देश

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

लुम्बिनी। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २० हजार ८०५ मतगणना हुँदा सदर भएको २० हजार १८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले तीन हजार १३३ मत र नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार ७७९ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *