देश

बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता

ढोरपाटन (बागलुङ)।बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता लिनुभएको छ ।

उहाँले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गर्नुभएको छ । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।

क्षेत्र नं १ मा भने सर्वदलीय बैठक सकिएपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *