देश

रुपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता

देवदह (रुपन्देही)।रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले चार हजार ६२०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बानियाँले चार हजार ५४८ प्राप्त गर्नुभएको छ । यसैगरी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले एक हजार ६१९ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ३५ मत बदर भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *