देश

डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

अमरगढी डडेल्धुरा। डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा ताराप्रसाद जोशीले अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जोशीले एक हजार ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शेरसिंह मालले ५३० मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका नयनसिंह महरले ५०८, नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गर्नुभएको छ ।

यहाँ ९० हजार ४०३ मतदाता भएकामा मत ४५ हजार ९०९ खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १३ जना प्रत्यासी हुनुहुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *