भद्रपुर (झापा)। झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिनुभएको छ ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उहाँले ७५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गर्नुभएको छ ।




