देश

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौँ। पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

उक्त पार्टीका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ र नेकपा(एमाले)का ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिनुभयो ।

यसैगरी, क्षेत्र–१० मा सोही दलका प्रदीप विष्टले छ हजार ६६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताउनुभयो ।

नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार ५९ र नेकपा(एमाले)का विनोद श्रेष्ठले एक हजार एक मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डिपी) अर्यालले दुई हजार ७०२ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ४७० र नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले ३६४ मत प्राप्त गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *