काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ ।
सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।
निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ७२० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, काठमाडौँ–१० मा सोही पार्टीका प्रदीप विष्टले पाँच हजार ७६५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताउनुभयो ।
यसैगरी, नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ७८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गर्नुभएको छ ।




