देश

दाङ–१ मा पनि रास्वपा अगाडि

देउखुरी (दाङ)। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *