देश

राष्ट्रपति पौडेलद्वारा शान्तिपूर्ण निर्वाचन सम्मपन्न भएकोमा आभार प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सबै पक्षप्रति धन्यवाद प्रकट गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई धन्यवाद दिनुभएको छ।

राष्ट्रपतिले मतदाता र सम्बद्ध पक्षहरूको सहकार्यले मात्र निर्वाचन सफल र विवादरहित भएको भन्दै लोकतान्त्रिक प्रक्रियामा योगदानको मूल्याङ्कन गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *