देश

झापामा मत प्रतिशत घट्यो, प्रतिनिधि सभाको निर्वाचनमा ६५.५ मात्रै मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको लागि मुख्य निर्वाचन क्षेत्र मानिएको झापा९५० मा यसपटक करिब ६५ प्रतिशत मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ। उक्त निर्वाचन क्षेत्रमा कुल १,६३,३७९ मतदाता छन्, जसमा महिला ५६,९७२ र पुरुष ४९,४०० मतदाता थिए। यस निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ, रास्वपाका बालेन साहसहित कुल २४ उम्मेदवार मैदानमा छन्।

यद्यपि मतदान उत्साहका साथ सम्पन्न भए पनि समग्र जिल्लामा मत प्रतिशत कम भएको देखिएको छ। सन् २०७९ को निर्वाचनमा झापामा कूल ७० प्रतिशत मत खसेको थियो, जबकि यसपटक केवल ६४–६५ प्रतिशत मतदान भएको छ। विश्लेषकहरूले मत प्रतिशत घट्नुमा सामाजिक चेतना, चुनावी उत्साह र स्थानीय राजनीतिक अवस्था लगायत विभिन्न कारणलाई जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *