काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका मतदानस्थलबाट उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा बताए अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। उनले भने, “विस्तृत विवरण सङ्कलन भइरहेको छ। केही मतदान केन्द्रमा मतदान जारी रहेको छ। समग्रमा अधिकांश मतदान शान्तिपूर्ण भएको छ।”
मतपेटिका सङ्कलन भइसकेपछि मतगणना सुरु गरिने आयोगको योजना छ। १५ जिल्लाका ६१ स्थानमा हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने जानकारी दिइएको छ। भण्डारीले भने, केही ठाउँमा सानो गडबडी भए पनि समग्रमा निर्वाचन सफल र व्यवस्थित भएको र कुनै ठूलो समस्या नरहेको आयोगको निष्कर्ष रहेको छ।




