देश

मुख्यमन्त्री शाहद्वारा मतदान

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीचुहा नगरपालिका—१ स्थित कालिका मावि मतदान केन्द्र ‘क’मा मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उहाँले आज केहीबेर अघि मतदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नं ४अन्तर्गत गोदावरी नगरपालिका-१ स्थित घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
यहाँ मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ कैलाली निर्वाचन क्षेत्र नं ५ अन्तर्गत धनगढी उपमहानगरपालिका-८ का १०१ वर्षीय ज्येष्ठ नागरिक रघुनाथ जोशीले धनगढी मावि मतदान केन्द ‘घ’ मा मतदान गर्नुभएको छ ।
यसैगरी भीमदत्त नगरपालिका-१० निवासी १०६ वर्षीय ज्येष्ठ नागरिक गङ्गादत्त भट्टले कञ्चनपुर क्षेत्र— ३ अन्तर्गतको सिद्धनाथ मावि जिमुवा मतदान केन्द्र ‘ख’ मा मतदान गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *