देश

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन (बागलुङ)। यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गर्नुभएको छ ।

आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गर्नुभएको हो । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उहाँले बताउनुभयो । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *