काठमाडौँ । निर्वाचन आयोगको कार्यालयले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
बिहीबार बिहानैदेखि भइरहेको प्रतिनिधि सभा निर्वाचनको बारेमा जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।
बिहान ७ बजेदेखि भइरहेको मतदान अपराह्न ५ बजेसम्म गर्न पाइनेछ ।
निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे आयोगको मिडिया सेन्टरकाे हलमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
अहिले दिउँसो ३ बजेसम्म देशभर ४० प्रतिशत मतदान भएको छ भने मतदान जारी रहेको छ ।




