देश

एमाले नेता पोखरेलद्वारा मतदान

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गर्नुभयो । उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवारसमेत हुनुहुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *