काठमाडौँ । चितवनमा मतदान प्रक्रिया विथोल्न खोज्ने प्रयासमा नेकपा (बहुमत) का दुई कार्यकर्ता पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–१०, नारायणी नमुना माध्यमिक विद्यालय मतदान केन्द्रअगाडि निर्वाचन बहिष्कारका नारा लेखिएका पर्चा र टेम्प्लेट प्रदर्शन गर्ने तयारी गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र विद्यार्थी संगठनका जिल्ला संयोजक किरण गौतम रहेका छन्। प्रहरीले उनीहरूलाई मतदानस्थलमा अवरोध सिर्जना गर्नु अघि नियन्त्रणमा लिएर सुरक्षा कायम गरेको जनाएको छ।




