देश

मन्त्री चौलागाईंद्वारा तातोपानी गाउँपालिकामा रहेको मतदान केन्द्रमा मतदान

काठमाडाैँ। वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले जुम्ला जिल्ला तातोपानी गाउँपालिका-५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान मतदान गर्नुभएको हो ।

मन्त्री चौलागाईंले मतदानपश्चात् लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रहसमेत गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *