विश्व

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकसस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइ वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्वारमा तल्लिन रहेको अधिकारीहरूललाई यदृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका–इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किय पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविदा प्रवाह गरेको अधिकारीहरूलाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजलेसमेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गर्नु भएको छ ।

उहाँले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिनु भएको छ ।

यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउदै अस्ट्रेलियाले यस क्षेत्रमा एक लाख १५ हजार नागरिक रहेको बताएको छ ।

न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि बिहीबार मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *