देश

रौतहटमा नक्कली परिचयपत्रसहित मतदान प्रयास गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । रौतहटमा नक्कली परिचयपत्र देखाएर मतदान गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजपुर नगरपालिका–९, बैरिया मतदान केन्द्रमा अर्काको नामको कार्ड देखाएर मतदान गर्न लागेका अरजे हयातलाई मतदानअघि नै पक्राउ गरिएको हो। हयातले महमद आसिक नामक कार्ड देखाएर मतदान गर्न खोजेका थिए।

उक्त घटना हुँदा मतदानस्थलमा केहीबेर तनाव सिर्जना भएको थियो। तर हयातलाई नियन्त्रणमा लिएसँगै परिस्थिति सामान्य भएको र मतदान सुचारु रूपमा जारी रहेको निर्वाचन स्रोतहरूले जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *